इटहरीमा हेमकर्ण पौडेल १,४६९ मतले अघि

  • प्रकाशित मितिः जेठ २, २०७९
  • १४९४ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरीमा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलको अग्रता कायमै छ ।

निर्वाचन अधिकृतको कार्यालयले हालसम्म इटहरी १ र २० को अन्तिम नतिजा सार्वजनिक गरिसकेको छ । दुवै वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

इटहरी १, २, ३, १९ र २० को मतगणना हुँदा हालसम्म मेयरमा हेमकर्ण पौडेलले १,४६९ मतको अग्रता पाएका छन् ।

उनले ६,८८२ मत प्राप्त गर्दा नेकपा एमालेका यामकुमार सुब्बाले मेयरमा ५,४१३ मत प्राप्त गरेका छन् ।

अहिले इटहरी ४ र १७ को मतगणना सुरु गरिएको छ । हाल इटहरी २, ३, १९, १७ र ४ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved