ओलीको गृहनगरमा राप्रपाका थापाको अग्रता, वडाहरुमा एमालेको पकड

  • प्रकाशित मितिः जेठ ३, २०७९
  • १३१ पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर / नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा राप्रपाका उमेदवार राम थापाले अग्रता कायम गरिरहेका छन् । 

हालसम्म उनले ७८३० मत प्राप्त गर्दा नेकपा एमालेकी गीता अधिकारीले ७०२८ मत ल्याएकी छिन् । गठबन्धनबाट नगर उपप्रमुख पदमा कांग्रेसकी रेगिना भट्टराईले ७४७५ मत प्राप्त गर्दा एमालेका अम्बिका खनालले ६९३८ मत ल्याएका छन् ।

अहिलेसम्म दमकमा चारवटा वडामा मतगणना सम्पन्न भइसकेको छ । एमाले वडा नम्बर १, २ र ९ मा जित हासिल गरेको छ । वडा नम्बर  १० मा कांग्रेस विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले दमक ३ को गणना भइरहेको छ । त्यहाँ एमाले अगाडि देखिएको छ ।

अहिलेसम्म वडा नम्बर ३ को १४९५ मत गणना भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved