इटहरीमा लगातार मतान्तर बढाउदै हेमकर्ण, २२ सय मतले अघि

  • प्रकाशित मितिः जेठ ४, २०७९
  • ११५१ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी / इटहरीमा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलको अग्रता कायमै छ । हालसम्म ३०,२४४ मतगणना हुँदा पौडेलले १३,७७९ मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा एमालेका यामकुमार सुब्बाको ११,५६५ मत प्राप्त भएको छ । उपमेयरमा भने नेकपा एमालेकी संगीता चौधरीको अग्रता कायमै छ ।

चौधरीको १२,९९४ मत प्राप्त हुँदा गठबन्धनका केशवकुमार विष्टको ८,२०९ मत प्राप्त भएको छ ।

यस्तै, राप्रपाबाट मेयरका उम्मेदवार आकाश सुब्बाको १,३२० मत प्राप्त भएको छ भने उपमेयरमा राप्रपाबाट उम्मेदवार रहेकी वविता चौधरीको १,७५२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved