इटहरी ३ मा एमालेको प्यानलै विजयी

  • प्रकाशित मितिः जेठ ४, २०७९
  • १३० पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी उपमहानगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा ९६८ मत ल्याएर नेकपा एमालेका उमेश सुवेदी प्यानलसहित विजयी भएका छन् । शिक्षण छाडेर राजनीतिमा होमिएका सुवेदीले लोकप्रिय मत ल्याइरहँदा निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार तुला लिम्बुले ८६१ मत पाए । 

लिम्बु काँग्रेसबाट टिकट नपाएपछि बागी उठेका हुन् । विष्टले दोस्रो पटक पनि वडाध्यक्षको टिकटमा दावी गरेपछि स्थानीय स्तरमा लोकप्रिय लिम्बु स्वतन्त्र उठेका थिए ।

निःवर्तमान वडाध्यक्ष बालकृष्ण विष्ट ७३६ भोट ल्याएर तेस्रो बने । 

यस्तै खुल्ला वडा सदस्यमा ११४९ मत ल्याएर टिकाराम तामाङ र ११८१ मत ल्याएर दिपेन्द्र लिम्बु विजयी भएका छन् । उनिहरु दुवै नेकपा एमालेका उम्मेदवार हुन् । यता महिला सदस्यमा पनि एमालेकै पवित्रा कोइराला १२०० र दलित महिला सदस्यमा मिना रसाइली ११८३ मत ल्याएर विजयी भएका छन् ।

यो सँगै इटहरीमा एमालेले दुई वडा जितेको छ । यस अघि एमालेले इटहरीको वडा नम्बर १९ मा विजयी हाँसिल गरेको थियो । काँग्रेसले पनि वडा नम्बर १ र २० जितेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved