सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी

  • प्रकाशित मितिः जेठ ४, २०७९
  • १४० पटक पढिएको
  • सञ्चारपाटी
alt

सुनसरीका १२ पालिकामध्ये भोक्राहा नर्सिङ गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनीक भएको छ । निर्वाचन अधिकृतको कार्यालय भोक्राहा नरसिंह गाउँपालिकाले दिएको जानकारी अनुसार सो पालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । 

अध्यक्ष पदमा काँग्रेसका अजमल अख्तर आजाद ४६०६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का महेन्द्र प्रसाद यादवले ३१७१ मत प्राप्त गरेका छन् । 

काँग्रेसका आजादले १३३५ मतान्तरले पालिका अध्यक्ष जितेका छन् । यता उपाध्यक्ष पनि काँग्रेसले नै जितेको छ । उपाध्यक्षमा काँग्रेसकी उम्मेदवार सुनिता उराँवले ३९७४ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीकी पुनम कुमारी मेहताले २६१८ मत पाइन् । 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved