मोरङको जहदा गाउँपालिकामा कांग्रेस विजयी

  • प्रकाशित मितिः जेठ ४, २०७९
  • १६५ पटक पढिएको
  • सञ्चारपाटी
alt

मोरङ / मोरङको जहदा गाउँपालिका अध्यक्षमा कांग्रेसका जितेन्द्रप्रसाद साह र उपाध्यक्षमा कांग्रेसकी हन्ना सोरेन निर्वाचित भएका छन् ।

साहले निवर्तमान अध्यक्ष जनता समाजवादी पार्टी(जसपा) का कैलासप्रसाद मण्डललाई २ हजार ४ सय ५३ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

जहदा गाउँपालिकाका निर्वाचन अधिकृत पदमप्रसाद वस्तीका अनुसार अध्यक्षमा साहले ६ हजार ५ सय १ मत र सोरेनले उपाध्यक्षमा ५ हजार ५ सय ४५ मत ल्याएर निर्वाचित भएका हुन् ।

साहका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष मण्डलले ४ हजार ४८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा सोरेनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गुलाब कुमारी महतोले ३ हजार ५ सय १२ मत प्राप्त गरिन् । 

गाउँपालिकाका निवर्तमान उपाध्यक्ष जसपाकी शालो साहले ३ हजार १ सय ३५ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved