मोरङको रतुवामाईको मेयरमा कांग्रेसका सिंह निर्वाचित

  • प्रकाशित मितिः जेठ ६, २०७९
  • ५९ पटक पढिएको
  • सञ्चारपाटी
alt

मोरङको रतुवामाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश्वरप्रसाद सिंह गनगाई निर्वाचित भएका छन् । उपमेयरमा भने नेकपा एमालेकी दमयन्तादेवी चुडाल निर्वाचित भएकी छन् ।

मेयरमा विजयी ७४ वर्षीय सिंहले  १३ हजार १३५ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका दुर्गाबहादुर बिष्टले ११ हजार २५२ मत ल्याए । राप्रपाका मेयर उम्मेदवार गोविन्दबहादुर कटुवालले ९४० मत पाए ।

उपमेयरमा निर्वाचित चुडालले ९ हजार ३७४ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार सुमन कालिकोटेले ८ हजार ४७९ मत पाए । उपमेयरमा स्वतन्त्र उम्मेदवार टंकप्रसाद ढकालले २ हजार २०४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved