इटहरीमा हेमकर्ण पौडेल ४ हजार मतान्तरले अगाडि

  • प्रकाशित मितिः जेठ ६, २०७९
  • १५४ पटक पढिएको
  • सञ्चारपाटी
alt

 इटहरी उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलको अग्रता कायमै छ ।

हालसम्म ५६,७८९ मतगणना हुँदा पौडेलले ४ हजार मतान्तरले अग्रता लिएका छन् ।

पौडेलले २५,८१६ मत पाएका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका यामकुमार सुब्बाले २१,८१९ मत पाएका छन् । यस्तै, उपमेयरमा भने नेकपा एमालेकी संगीता चौधरीको अग्रता छ । चौधरलिे २५,०४३ मत पाएकी छन् भने गठबन्धनका केशवकुमार विष्टको १४,५०६ मत प्राप्त भएको छ ।

हालसम्म ११ वटा वडाको मतगणना सकिएको छ । जसमध्ये १, ६ र २० नम्बर वडामा नेपाली कांग्रेसले जितेको छ । यस्तै, २, ३, ४, १५, १६, १७, १८ र १९ नम्बर वडा नेकपा एमालेले जितेको छ ।

इटहरीमा कुल ७३,७३२ मत खसेको थियो । हाल ५, ७, ८, ९, १२, १३ र १४ नम्बर वडाको मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved