युगान्डाविरुद्ध नेपालको पहिलो जित

  • प्रकाशित मितिः जेठ ६, २०७९
  • ६० पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौँ / घरेलु टोली नेपालले युगान्डाविरुद्धको महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजमा पहिलो जित हात पारेको छ । सिरिज गुमाईसकेको नेपालले आज सम्पन्न चौथो खेलमा १५ रनको जित हात पारेको हो ।

९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित १८ ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै ८२ रन मात्र बनाउन सक्यो ।

गएरातिको वर्षाका कारण मैदान भिजेकाले टसमा ढिलाइ हुँदा खेललाई १८ ओभरमा झारिएको थियो । नेपालको यो जितसँगै पाँच खेलको सिरिज ३-१ को पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved