धरानमा लौरोलाई पछ्याउँदै दुई ठूला राजनीतिक दल

  • प्रकाशित मितिः जेठ ६, २०७९
  • ५३ पटक पढिएको
  • सञ्चारपाटी
alt

धरान / धरान उपमहानगरमा ६२ हजार मत मध्ये हालसम्म ४० हजार ७९७ मतगणना भइसकेको छ । जसमा अहिले पनि लौरो चुनाव चिह्न दिएर स्वतन्त्र उम्मेदवार बनेका हर्क साङपाङ अग्र स्थानमा छन् ।

उनले यो समाचार तयार गर्दासम्म १२ हजार ५३४ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका पाँच दलीय गठबन्धनका उम्मेदवार किशोर राईले ११ हजार ८१ मत पाएका छन् ।

त्यस्तै एमालेकी मञ्जु भण्डारीको भने ९ हजार ११ मत रहेको छ । गठबन्धन भन्दा साङपाङ १ हजार ४५३ मतले अगाडी छन् । त्यस्तै नेकपा एमाले भन्दा स्वतन्त्र उम्मेदवार ३ हजार ५२४ मतले अगाडी छन् ।

हाल सम्म वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०,१२,१४,१८ र १९ मत परिणाम घोषणा भइसकेको छ । ११,१३ र १५ न। वडाको मतगणना भइरहेको छ ।

त्यस्तै १६ र १७ नम्बर वडाको मतगणना हुन बाँकी छ । २० नम्बर वडाको भने मतगणनामा विवादपछि मतगणना नतिजा घोषणा गर्न बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved