चितवनमा हुरीका कारण ३ जनाको मृत्यु

  • प्रकाशित मितिः जेठ ६, २०७९
  • १०० पटक पढिएको
  • सञ्चारपाटी
alt

चितवन / चितवनमा हावाहुरीका कारण ३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार साँझ आएको हुरीका कारण भएको घटनाबाट ३ जनाको मृत्यु भएको जनाएको छ ।

यद्यपि मृतहरुको पहिचान खुलेको छैन । भरतपुर–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, भरतपुर–१ बसिनेमा रुखले म्याजिक च्यापिदा थप एक जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

त्यस्तै आजै साँझ नारायणी पुल नजिकै पनि हाराहुरीकै कारण ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका थिए ।

चितवनसहित देशका विभिन्न स्थानमा हावाहुरी आएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved