बढ्दो बाल आत्महत्या कारण यि त हैनन् ?

  • प्रकाशित मितिः जेठ १७, २०७९
  • १००१ पटक पढिएको
  • पारस इतिहास पौडेल
alt

 म लगभग १० कक्षा तिर पढ्थे होला मेरो बुबाले भन्नुहुन्थ्यो ''जिन्दगीमा हार्न सिक्नु बाबु , हार्न सिकेर सम्हालिन सिकिस भने हरेक कुरा जित्न सक्छस् , किनकी जित जिन्दगीमा जम्मा एक पटक हुन्छ"।

मैले यो कुरालाई किन जोड्न चाहेको भने "अहिले दिनानुदिन आत्महत्याको दर बढ्दो छ । प्रत्येक दिन नेपालमा १६ जनाले आत्महत्या गर्छन् भनी बिबिसी को एक श्रोतमा उल्लेख छ।

यस तथ्याङ्क लाई आधार मान्ने हो भने प्रत्येक बर्ष करिब ६ हजार ब्यक्तिले बिभिन्न तवर तरिका र बिभिन्न कारणले आत्महत्या गर्ने गर्दछन्,भने कोरोना कहर पश्चात यस तथ्यांकमा अत्याधिक बाल बालिक रहने गरेका छन्।

विश्वब्यापी कोरोना कहर पश्चात नेपालमा आत्महत्याको दर बढ्दो छ । मैले देखेको र सुनेको आधारमा आत्महत्याका कारण देहायका पाए।

(१) एक ९ बर्षिय बालक जसलाई परिवारका सदस्यले अन्लाईन गेम फ्री फायर खेल्न नदिदा आत्महत्याको प्रयास गर्यो।

(२) एक लागुऔषध दुर्व्यसनीमा लागेको ब्यक्ती उसले सेवन गर्ने चक्की नपाउदा रुखमा झुन्डिएर आत्महत्या गर्यो।

(३) मोरङमा एक युवती जसलाई प्रेमीबाट बर्थ डे विस आएन भनेर आत्महत्या प्रयास गरीन्।

(४) कक्षा १० को परिक्षा परिणाममा आफ्नी साथिको भन्दा कम आएको भन्दै आत्महत्या प्रयास भयो।

(यि दिइएकासगँ मेल खाने /प्रतिनिधित्व गर्ने कैयौँ घटना छन् ) (यस बाहेक) यसरी हेर्दा अधिकांश आत्महत्याको प्रमुख कारणमा मानसिक तनाव जस्ता समस्या र मद्यपान औल्याएका छन्।

महिला तथा बालबालिका सेवा निर्देशनालयले मानसिक समस्या, झगडा, आर्थिक, प्रेम वा अध्ययनमा असफलतालाई नै आत्महत्याका प्रमुख कारण भनेको छ । साना कुरामा प्रतिफल कम हुदा, साना समस्या वा चोट पर्दा वा हार भोग्न पर्दा बालबालिकाले आत्महत्या गर्ने गरेको अध्ययनले देखाएको छ। बाल बालिकाको मस्तिस्कमा परिवारका अभिभावकले यस्तो छाप पारिदिएका छन् , कि जिन्दगीमा एक पटक हार हुदैमा जिन्दगी नै सकिन्छ।

बालबालिकाको आत्महत्या प्रकरणमा यो नै सबैभन्दा ठुलो कारण बन्न पुगेको अनुभुत गर्न सकिन्छ। क्षणीक आदर्शवादका पछी लागी नपरी छोरा छोरिको मानसिक स्तर मजबुत पार्ने कुरा अर्थात साना कुरामा हार्न सिक्ने अथवा मनोभावना उच्च बनाईदिने दृढ संकल्प तय गर्नु पर्दछ ।

बाल आत्महत्या गर्नेमा पछिल्लो समय गाउ भन्दा सहर क्षेत्रमा बढी रहेको पाईन्छ । यसको कारण परिवार नै हुनसक्छ छोराछोरि प्रति समय बिताउने परम्परा नहुनु , साना कुरामा चढाउने र बिग्रदा मानसिक अवस्थामा नै असर पर्ने किसिमका गाली गलौज गर्नाले समेत बाल आत्महत्या बढ्दै गएको अनुमान गर्न सकिन्छ।

यसको निवारण अथवा रोकथामका लागी (क्षणिक आवेश) नै पहिलो आत्महत्याको कारण भएकाले परिवार बाट नै छोराछोरिको मस्तिस्क दह्रो बनाउने र हरेक कुरा सुनिदिने, सुनाउने र सानो कुरामा हार्दा पुन: जित्न सकिन्छ यो सामान्य प्रकृया हो भनी बुझाउन सकियो भने क्षणीक अथवा मानसिक संवेग लाई नियन्त्रण गरि बाल आत्महत्या कम गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved