वराहक्षेत्र नगर कार्यपालीको निर्वाचनका गठबन्धनद्धारा क्लिन स्विप एमालेका सदस्यले गठबन्धनलाई भोट

  • प्रकाशित मितिः जेठ २१, २०७९
  • २५२ पटक पढिएको
  • सञ्चारपाटी
alt

वराहक्षेत्र नगरपालिकामा सम्पन्न कार्यपालिका सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनले क्लिन स्विप गरेको छ । शनिबार सम्पन्न निर्वाचनमा ८ जना कार्यपालिला सदस्यनै गठबन्धन तर्फका उमेदवार बिजयी भएका छन् ।

८ जना कार्यपालिका सदस्यकालागि १५ जनाको उमेदवारी परेको थियो । ५७ जना मतदाता रहेको निर्वाचनमा दलित वा अल्पसंङख्यकमा गठबन्धनबाट उमेदवार बनेका नेपाली कांग्रेसका पकज महतो , माओबादी केन्द्रका रत्नवहादुर रम्तेल र नेकपा एकीकृत समाजबादिबाट सुष्मा माझि बिजयी भए । निर्वाचन अधिकृतको कार्यलय अनुसार निर्वाचित महतोले ३४ , रत्मतेलले ३४ र माझीले ३४ मत प्राप्त गरेका थिए । भन्ने प्रतिस्पर्धी नेकपा एमालेका दिपनाराण उराँऊ र शान गजमेरले २३/२३ मत मात्र प्राप्त गरेका थिए ।

 

285243848_401589451906107_2231207290973426658_n
त्यस्तै दलित तथा महिला वडा सदस्यहरु मध्यवाट कार्यपालिका सदस्यमा पनि गठबन्धनकै उमेदवार बिजयी बनेका छन् । गठबन्धनबाट उमेदवार बनेका नेपाली कांग्रेसका नविना विश्वकर्मा, भगवती कटुवाल (खड्का) , मालती विश्वकर्मा , माओवादीवाट बिष्णुमारी बिष्ट र जनता समाज पार्टी नेपालबाट दुर्गा राई निर्वाचित भएका छन् । निर्वाचित विश्वकर्माले ३३ , कटुबालले ३३ , मालती विश्बकर्माले ३३ , बिष्टले ३३ र राईले ३३ मत प्राप्त गरेका थिए । भन्ने प्रतिस्पर्धाी नेकपा एमालेका अमिना राईले २४ , पलटी धामीले २४ , राधाकुमारी चौधरीले २४, मेनुका लिम्बू २४ र शिर्जना परियारले २४ मत मात्र प्राप्त गरेका थिए ।

मेयर , उप- मेयर , ११ जना वडाध्यक्ष सहित ५७ सदस्य


मतदाता रहेको वराहक्षेत्र नगरपालिकामा नेकपा एमालेको उपमेयर , ३ जना वडा अध्यक्ष सहित २४ जना जनप्रतिनिधि रहेका थिए । गठबन्धनमा नेपाली कांग्रेसमा मेयर , ८ वडा सदस्य सहित २५ जना जनप्रतिनिधि , माओबादी केन्द्रको ६ जना र जनता समाजावादीको २ जना जनप्रतिनिधि गरेर गठबन्धनसंग ३३ जना सदस्य रहेको थियो ।

कार्यपालिको निर्वाचन सम्पन्नसंगै कार्यपालिकामा नेपाली कांग्रेसबाट १३ जना , एमालेबाट ४ जना माओवादी केन्द्रबाट २ जना , जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी १-१ जना सदस्य रहेको २१ सदस्य कार्यपालिकाले पुर्णता पाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved