घण्टी चुनाव चिह्नसहित दल दर्ताका लागि निर्वाचन आयोग पुगे रवि

  • प्रकाशित मितिः असार ७, २०७९
  • ८८ पटक पढिएको
  • सञ्चारपाटी
alt

सञ्चारकर्मी रवि लामिछाने दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्।

राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेका रवि कार्यक्रम लगतै निर्वाचन आयोग पुगेका हुन्।

उनले घोषणा गरेको नयाँ पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहेको छ भने चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन्।

घण्टी चुनाव चिन्हसहित आगामी निर्वाचनमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बाट चुनाव लड्ने तयारीका साथ उनी दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन्।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved