प्रेम आलेसहित ६ सांसदले फिर्ता लिए विद्रोही पत्र, रामकुमारी झाँक्रीले फिर्ता लिइनन्

  • प्रकाशित मितिः असार ११, २०७९
  • ९९ पटक पढिएको
  • सञ्चारपाटी
alt

 नेकपा एकीकृत समाजवादीका ६ सांसदले पार्टीले मन्त्री फेर्न गरेको निर्णयविरुद्ध बुझाएको विद्राेहकाे पत्र फिर्ता लिएका छन् ।

शुक्रबार सरकारमा रहेका मन्त्रीहरुसहित नेकपा एसका १० सांसदहरुले पार्टीको निर्णय चित्त नबुझ्दो भएको भन्दै विभिन्न माग राख्दै ८ बुँदे पत्र अध्यक्ष माधव नेपाललाई बुझाएका थिए ।

उनीहरुले तत्काल संसदीय दलको बैठक बोलाउन पनि अध्यक्ष नेपालको ध्यानाकर्षण गराएका थिए ।

पत्र फिर्ता लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सांसद धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्त र बिनादेवी बुढाथोकी रहेका छन्।

त्यस्तैगरी सांसद निरा जैरू पनि हस्ताक्षर फिर्ता लिने तयारीमा रहेको जनाइएको छ । यसअघि अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष मन्त्री परिवर्तन गर्ने भन्दै नयाँ मन्त्रीहरुको नाम नै पठाइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved