सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स मर्ज हुने

  • प्रकाशित मितिः असार १३, २०७९
  • ७० पटक पढिएको
  • सञ्चारपाटी
alt

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबिच एक आपसमा मर्जरमा जाने सम्झौता भएको छ ।
सम्झौतापत्रमा सुर्या लाईफको तर्फबाट सञ्चालक समितीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाईफको तर्फबाट सञ्चालक समितीका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् ।

मर्जरको लागि सम्झौंता गरेपनि सेयर मिलान अनुपात (स्वाप रेसियो) तय नगरेको कम्पनीले मर्जर सम्बन्धि सैद्धान्तिक सहमतिमा बीमा समितिबाट स्वीकृति पाएसँगै सम्पत्ति दायित्व मूल्यांकन (डिडिए) तयार गर्ने जनाएको छ । सो पश्चात मात्र कम्पनीले मर्जरको लागि स्वाप् रेसियो निर्धारण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved