नेपालमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।
सोमबार २० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २०८ जना सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा २ हजार ३३७ पीसीआर तथा १ हजार २१ एन्टिजेन परीक्षण भएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved