बर्षाका कारण काँग्रेस महामन्त्री गगन थापा सुनसरी नआउने

  • प्रकाशित मितिः असार १५, २०७९
  • १४१ पटक पढिएको
  • सञ्चारपाटी
alt

 नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापा सुनसरी नआउने भएका छन् ।

बर्षाका कारण उनको सुनसरी आउने कार्यक्रम स्थगित भएको नेपाली काङग्रेस जिल्ला उपाध्यक्ष पंकज महतोले बताएका छन् । 

सुनसरी जिल्ला कार्य समितिले असार १६ गते आयोजना गर्ने प्रशिक्षण तथा सम्मान कार्यक्रममा सहभागी हुन उनी इनरुवा आउन लागेका थिए ।

अविरल बर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेको भन्दै उद्दार तथा राहतमा  जुट्न समेत पार्टी कार्यलय सुनसरीले अपिल गरेको उपाध्यक्ष महतोले बताए ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved