आदरणीय सभापति ज्यु ,
मैले आजसम्म सैयौ पटक सर्वसाधारण जनता माझ भाषण गर्दा २००७ ,२०१५,२०४६,२०६२/६३ को प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्ने काङ्ग्रेस हो भनेर भाषण गरे ।
मेरा कारणले धेरै काङ्ग्रेस का पछि पनि लागे तर यो अधिवेशनबाट शेरबहादुर दाइ सभापति भएपछी लोकतन्त्र र बिधीको शासन होला भने तर भएन ,महामन्त्री पदमा हारेको प्रकाश शरण दाइलाइ केन्द्रिय सदस्य बनाएर प्रवक्ता बनाइयो । मैले प्रकाश शरण दाइको योग्यतामा प्रश्न उठाएको हैन ।उहाँ सक्षम होला तर चुनावमा उतारी सकेपछी हारेको ब्यक्ती त्यो कार्यकाल चुप लागेर बस्न सक्नुपर्छ ।आफ्नो लाइनको हुने बितिकै सबै हिसाबले योग्य अर्काको लाइनको हुने बितिकै अयोग्य हुन्छ।
क्षेत्रीय सभापतिमा चुनाव लडेर हारेको मान्छे केन्द्रिय सदस्य हुन्छ? केन्द्रिय सदस्य हुनु थियो भने क्षेत्रमा उठाउनु हुदैन थियो । आफ्नो आछापिछा हिड्नेलाइ च्यापेर काङ्ग्रेस बच्दैन सभापति ज्यु ।
पार्टी फुटेर २ चिरा भएको बेला हामिले रुख बचाइदिएकोले आज फल खान पाउनुभएको गुण नबिर्सिनु । हामी भित्र रुखको माया तपाईं को मन भित्र भएको भन्दा बढी छ ।त्यसबेला रुख वाला काङ्ग्रेसमा बसेर रुख बचाएकाहरुलाइ पाखा लगाएर काङ्ग्रेस बन्दैन ।
बरु भोलिका प्रतिस्पर्धी प्रचण्ड,माधव नेपाललाई बलियो बनाउनु भयो उनिहरुको चुनाव चिन्हलाइ माया गर्नु भयो ,हामिलाइ त्यसैमा भोट हाल भन्नू भयो मन रुवाउदै भोट हाल्याै । अब हामिलाइ काङ्ग्रेस हुन दिनुहोस । तपाईं गुटको सभापति भएको नभइ काङ्ग्रेसको सभापति भएको महसुस गराउनुस ।
कृपया लोकतन्त्रको मूल्य मान्यता र आदर्शबाट पार्टीलाई विचलित नगर्नुस ।मनोनित सबै योग्य नै हुनुहुन्छ तर केही ढोकाबाट छिर्नेलाई रोकेर अहिले झ्यालबाट छिराउनु भयो । सभापति ज्यु समानुपातिक मत रुखमा हाल्न आग्रह गर्दै देश दौडाहामा युवा नेताहरुलाइ पठाउनुस । पार्टी बनाउनुस ।
म शेखर दाइलाइ भोट हालेको मानिसलाइ तपाईं मेरो सभापति भएको आभास गराउनुस । गर्वले भन्न पाउ लोकतान्त्रिक पार्टीको म ,नेपाली काङ्ग्रेस लोकतान्त्रिक मुल्य मान्यताबाट विचलित हुदैन । काङ्ग्रेसले गुटको नाममा भागबण्डा नभइ योग्य ब्यक्तिलाइ प्रदेश सभा तथा संघमा उम्मेदवार दिन्छ ।र विजय हासिल गर्छ।अब तपाईंलाई खुशी बनाउने हैन जनता खुशी बनाउने उम्मेदवार समयले खोजेको छ ।
जय नेपाल !
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved