मल्टीभिटामिनको अनावश्यक प्रयोग र असर - डा.गुञ्जन त्रिताल

  • प्रकाशित मितिः भदौ ४, २०७९
  • ११७० पटक पढिएको
  • डा.गुञ्जन त्रिताल
alt

इटहरी  /  के वास्तवमा हामीले भिटामिन्स वा अन्य सप्लिमेन्ट्स लिन साँच्चै आवश्यक छ त ? धेरै मानिसको आदत हुन्छ कि उनीहरु अनावश्यक मल्टि भिटामिन्स र सप्लिमेन्ट्स लिने गर्छन । के यो हाम्रो शरीरलाई साँच्चै जरुरत छ त ? यसको बारेमा बैज्ञानिक रुपमा चर्चा गरौं ।

जो स्वास्थ्यका विज्ञ छन् उनीहरुको यस बारेमा के भनाई छ त ?  उनीहरु भन्छन जसले आवश्यक मात्रामा पौष्टिक आहार वा भनौं ब्यालेन्स डाइट लिने गर्छन, जसलाई अन्य कुनै रोगको कारणले खानेकुरा बार्नुपर्ने जरुरत छैन, तपाईको डाईट एकदम ठिक छ । तपाईलाई त्यस्तो केही डेफिसियन्सी छैन भने यस्तो प्रकारको सप्लिमेन्टसको कुनै रोल छैन । जुन ब्यालेन्स डाईट जसमा तपाई ठिक मात्रामा प्राटीन लिनुहुन्छ, कार्बोहाईडे«ट लिनुहुन्छ फ्याट्स लिनुहुन्छ भने त्यस्तो सप्लिमेन्टसको कुनै रोल छैन । यो पनि सत्य हो कि यस्ता भिटामिन्स र सप्लिमेन्टस तपाईको शरीरको लागि जरुरत पर्छ त्यस्तो भिटामिन्स र सप्लिमेन्ट्स हाम्रो शरीरले उत्पादन गर्न सक्दैन । यदि तपाई सन्तुलित आहार लिनुहुन्छ भने खानामा भएको भिटामिन्स, मिनिरल्स र अन्य पोषक तत्वहरु हाम्रो आन्द्राले अवसोशित गरेर तपाईको शरीरमा चाहिने मात्रामा भिटामिन्स, मिनिरल्स दिने गर्दछ र त्यस्ता व्यक्तिलाई अनावश्यक रुपमा अन्य मल्टि भिटामिन्स र सप्लिमेन्टसको आवश्यकता पर्दैन ।

हावर्ड मेडिकल स्कुलका प्रोफेसर डा.जोन मेन्सन भन्छन हामी जति मल्टि भिटामिन्स र सप्लिमेन्टस लिन्छौं त्यो कुनैपनि हालतमा हामीले लिने सन्तुलित आहारको प्रतिस्थापन हुन सक्दैन । यदि तपाई त्यस्ता भिटामिन्स र सप्लिमेन्टसमा ज्यादा निर्भर हुनुहुन्छ भने तपाईको दिमागलाई यस्तो नकारात्मक असर पर्छ कि म यति धेरै मात्रामा भिटामिन्स र सप्लिमेन्टस लिन्छु कि मलाई त सन्तुलित खानाको बारेमा चिन्ता लिनुपर्ने आवश्यकता नै छैन । यसको मतलब यो हो कि एक स्वस्थ जिवन र सन्तुलित आहारबाट तपाई टाढा जादै हुनुहुन्छ यदि तपाई अनावश्यक सप्लिमेन्टसमा ज्यादा निर्भर हुनुहुन्छ ।

हामीमा यो भ्रम छ कि यदि हामी भिटामिन्स र सप्लिमेन्टस ज्यादा मात्रामा प्रयोग गर्यौ भने हाम्रो स्वास्थ्य राम्रो हुन्छ हाम्रो शरीरका कार्यहरुमा सुधार आउनेछ । तर विभिन्न रिसर्चहरुले के प्रमाणित गर्छन भने तपाईले लिनुभएको भिटामिन्स र सप्लिमेन्टसले तपाईको स्वास्थ्यमा तपाईको रोगमा कुनैपनि फाईदा पुर्याउदैन ।

जो मानिसहरु यस्ता सप्लिमेन्टस लिने गर्छन उनीहरु यस्तो तर्क गर्छन कि हाम्रो जिवन अत्यन्तै व्यस्त छ कि हामीसँग सन्तुलित आहार खाने समय नै छैन । कुन खानामा कति मात्रामा पोषक तत्व पाउँछ त्यो जान्ने फुर्सद नै छैन । हामी यति धेरै व्यस्त छौ कि कुनै भिटामिन्स र मिनिरल्सको कमीले हामीमा यसको कमि महसुस नहोस र यसको परिपूर्तिका लागि हामी सप्लिमेन्टसको साहारा लिने गर्दछौं । त्यसरी बिना कुनै चिकित्सकिय सल्लाह लिईने मल्टि भिटामिन्स र सप्लिमेन्टसले के हामीले हाम्रो स्वास्थ्य र शरीरलाई न्याय गरिरहेका छौं त ?

यदि तपाई बाहिरी सप्लिमेन्टसमा ज्यादा निर्भर हुनुहुन्छ भने तपाईले खानाबाट प्राप्त हुने त्यस्तो पोषक तत्वहरुबाट तपाईले आफ्नो शरीरलाई बञ्चित गर्दै हुनुहुन्छ । प्रोटिन, कार्बोहाईड्रेट बाहेक सबभन्दा महत्वपुर्ण तत्व हो फाईबर । तपाई जति सप्लिमेन्टसमा निर्भर रहनुहुन्छ तपाईको शरीरलाई फाईबरको कमी हुन शुरु हुनेछ । हामीलाई थाहा छ कि फाईबरको पाचन प्रणालीमा कति महत्व छ भनेर ।

अब चर्चा गरौ यसरी लिइने बाहिरी सप्लिमेन्टसले हाम्रो शरीरमा कस्तो नकारात्मक असर पुर्याउछ भनेर । कुनै पनि चिज तपाईको शरीरमा जान्छ त्यो विभिन्न माध्यमद्वारा शरीरबाट बाहिर पनि निस्किन्छ या त पिसाबको माध्यमबाट या त दिशाको माध्यमबाट । यदि बाहिर निस्किएन भने हामीले लिएको भिटामिन्स र सप्लिमेन्टस हाम्रो शरीरको विभिन्न भागमा जम्मा हुन शुरु गर्छ र त्यसके विषाक्तता (Toxicity) हुन शुरु गर्दछ । हामीलाई थाहा छ कि फ्याट सोल्युबल भिटामिन्सहरु भिटामिन ए,डि,ई र के (A,D,E,K) हाम्रो शरीरमा जम्मा हुन्छ र हामीलाई नोक्सान पुर्याउने गर्छ ।

१. यदि तपाई भिटामिन ई ज्यादा मात्रामा लिनुहुन्छ भने त्यसले ब्रेन स्ट्रोक को खतरा रहन्छ ।

२. यदि तपाईले क्याल्सियम ज्यादा मात्रामा लिनुहुन्छ भने त्यसले मृगौलामा पत्थरीको खतरा रहन्छ ।

३. यदि तपाई ज्यादा मात्रामा भिटामिन डि लिनुहुन्छ भने त्यो मृगौलामा गएर जम्मा हुन्छ र यसले दिर्घकालिन रुपमा मृगौला खराब हुने संभावना रहन्छ ।

४. यदि तपाई भिटामिन (B6)ज्यादा लिनुहुन्छ भने त्यो हाम्रो नशामा जम्मा हुन्छ र नशामा समस्या हुने खतरा सदैव रहने गर्दछ ।

५. बिटा क्यारोटिनको ज्यादा प्रयोगले धुम्रपान गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर हुने खतरा रहने गर्दछ ।

त्यसो भए यस्ता भिटामिन्स र सप्लिमेन्टस खानै नहुने हो त ? कसले खाने र कस्ता व्यक्तिले नखाने ? यो कुरा निर्भर हुन्छ कसले यस्ता सप्लिेमेन्टस प्रयोग गरिरहेका छन् ।

कसले प्रयोग नगर्ने ?

१. यदि तपाई पुर्ण रुपमा स्वस्थ हुनुहुन्छ ।

२. तपाईलाई कुनै पनि मेडिकल जटिलताहरु छैन ।

३. यदि तपाईलाई कुनै रोगको कारणले यो खानु हुन्छ यो चिज खानु हुदैन भन्ने प्रतिबन्ध छैन । जस्तै  मधुमेह,उच्च रक्तचाप, युरिक एसिड, मृगौलाको समस्या ।

४. यदि तपाईलाई कुनै पनि पोषक तत्वको कमी छैन ।

यदि यि चार चिजहरु छन तर पनि तपाई सप्लिमेन्टस लिईरहनुभएको छ भने दिर्घकालिन रुपमा तपाईले आफ्नो शरीरलाई हानी पुर्याउदै हुनुहुन्छ र पैसाको बर्बाद गर्दै हुनुहुन्छ ।

यदि तपाई कुनै रोगले पिडित हुनुहुन्छ र कुनै रोगको कारणले खानामा प्रतिबन्ध छ भने चिकित्सकको सल्लाहमा यस्ता सप्लिमेन्टसको प्रयोग गर्न सक्नुहुन्छ ।

कसले प्रयोग गर्ने ?

१. जसले ज्यादा औषधिहरु प्रयोग गर्नुहुन्छ ।

२. जसलाई विभिन्न रोगको कारणले चिकित्सकले खानामा प्रतिबन्ध लगाएका छन् ।

३. शाकाहारी व्यक्तिहरु

४. बृद्ध बृद्धाहरु जो विभिन्न खानेकुराको प्रतिबन्धमा छन् ।

५. गर्भवती महिलाहरु

जसलाई कुनै किसिमको रोग छैन । जसलाई कुनै रोगको कारण कुनै पनि खानामा प्रतिबन्ध छैन उनीहरुले यस्ता भिटामिन्स र सप्लिमेन्टसको आवश्यकता छैन र पनि तपाई यस्ता प्रकारका सप्लिमेन्टस लिईरहनुभएको छ भने आउने दिनमा तपाईले आफ्नै कारणले आफैंलाई रोगी बनाउदै हुनुहुन्छ ।

(डा.त्रिताल चिकित्सक संघ इटहरीका उपाध्यक्ष हुन ।)

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved