झापामा माछा मार्न थापेकाे जालमा अजिङ्गर परेपछि...

  • प्रकाशित मितिः भदौ ११, २०७९
  • १६२ पटक पढिएको
  • सञ्चारपाटी
alt

झापा / स्थानीयले माछा मार्न थापेको जालमा अजिङ्गर फेला परेको छ। झापा गाउँपालिका ७ स्थित सानो माई खोलामा अन्दाजी २० केजी तौलको अजिङ्गर फेला परेको हो। 

 स्थानीय सोम मुर्मु, सोम हेमरम, आसिक मुर्मु, लुखिराम मुर्मु र सुनिल मुर्मुले सानो माईमा माछा मार्न जाल थापेका थिए। उनीहरूले थापेको जालमा बिहीबार बेलुका ९ बजे अजिङ्गर परेको र सो अजिङ्गरलाई जालमै पोको पारेर घर ल्याएका थिए। स्थानीयले शुक्रबार बिहान पन्थापाडा प्रहरी चौकीलाई खबर गरी स्थानीय रानी सामुदायिक वन उपभोक्ता समितिलाई अजिङ्गर जिम्मा लगाएको छ।

  रानी वनले उक्त अजिङ्गरको संरक्षण गर्ने जनाएको छ। यसअघि पनि रानी सामुदायिक वनले आफ्नो परिसर भित्रको खोरमा दुईवटा अजिङ्गर राखेको थियो। तर, दुवै अजिङ्गर खोरबाट फुत्केर भागेको स्थानीय बताउँछन्। 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved