बैकको ब्याजदर बढाएर उद्योगधन्दा टिक्लान ?

  • प्रकाशित मितिः आश्विन २, २०७९
  • ५२७ पटक पढिएको
  • ऋषभ भट्टराई
alt

पैसा वा कर्जा उपयोग गरे बापतको मौद्रिक मुल्यलाई सामान्य अर्थमा ब्याज भन्न सकिन्छ। बैंक तथा वित्तीय संस्थाले उपभोक्ताले उपभोगबाट बचेको रकम निक्षेपको रुपमा प्राप्त गर्दछन्।

बैकले सामान्यतः वचत रकममा ब्याज प्रदान गरी निक्षेपको संकलन गर्दछन। संकलित निक्षेप अर्थतन्त्रको न्यून क्षेत्रमा कर्जाको रुपमा प्रवाह हुन्छ।निक्षेप बैंक तथा वित्तीय संस्थाकाो लागि श्रोत हो । श्रोत मुल्यको रुपमा प्रदान गरिने व्याज रकम खर्च हो । उनीहरुले निक्षेपको ठुलो हिस्सा कर्जाको रुपमा लगानी गरी त्यसबाट व्याज लिन्छन् ,यो आम्दानीको मुख्य श्रोत हो ।

निक्षेपकर्तालाई वित्तीय संस्थाले तिर्ने रकम, कर्मचारी खर्च र संचालन खर्च मुख्य खर्चहरु हुन भने कर्जाबाट प्राप्त व्याज बैंकहरुको आम्दानीको मुख्य हिस्सा हो । सामान्यतया कर्जाको रुपमा लगानी गरेको रकमको ब्याज आफ्नो सम्पुर्ण खर्चमा निश्चित नाफा जोडेर निर्धारण हुन्छ।यसलाई हामी आधार दरमा प्रिमियममा जोड्ने भन्छौ ।

निक्षेप र कर्जाको व्याज दरको फरकलाई स्प्रेट भन्छौ यो फरकको आयतनले नाफामा सकारात्मक प्रभाव पार्छ ।सामान्यतया नाफा बिना लगानी सम्भब हुन्न साथै व्यवसाय दीर्घकालमा संचालन हुनै सक्दैन।मुख्यतः निक्षेपमा दिने व्याजदरले नै कर्जाको व्याजदर निर्धारण हुन्छ।यी सामान्य व्यक्तिले समेत बुझ्न सक्ने गरी उठाएका सैद्धान्तिक कुरा हुन।

अब मुल बिषयमा प्रबेश गरौ ।नेपालमा निक्षेपको व्याजदर १५% माथि गई सक्यो निक्षेपमा दिने व्याजदरले डाँडा काटिसक्यो निक्षेपको व्याजदर बृद्धिसंगै बैंकको खर्च स्वभाविक रुपमा बढ्ने छ। त्यसलाई धान्न अब कर्जाको व्याज नबढाई सुखै छैन।अहिले पनि हाम्रो आन्तरिक उत्पादन लागत प्रतिस्पर्धी हुन नसक्नु ठुलो समस्या हो ।

परिणाममा आयातको चाप व्यहोर्नु परिरहेको नेपालको अर्थतन्त्रको कटु यतार्थता हो । अर्थशास्त्रमा उत्पादनका चार साधनहरु मध्येको एक प्रमुख साधन पुँजीको लागतको बृद्धिलाई वाञ्छित सीमामा नराख्ने हो भने अवस्था भयावह हुन सक्छ। के अब हाम्रो अान्तरिक उत्पादन खुला सीमाना रहेको देशको उत्पादनसंग प्रतिस्पर्धा गरी टिक्न सक्छ? यो व्याजदरमा उद्योगधन्दा टिक्छन?

उत्पादनमा गएको मात्र होइन उपभोक्ताले बिबिध क्षेत्रमा लिएको कर्जाको बढ्दो व्याजदर र मुल्य बृद्धिले पारेको भार उपभोक्ताको निश्चित आम्दानीले थेग्ला त? अब व्याजद बृद्धिले बैंकको खराब कर्जाको मात्रा स्वभाविक रुपमा बढ्ने नै छ। असर समग्र अर्थतन्त्रमा पर्नेछ। सबै तिरबाट अर्थतन्त्रमा चाप परिरहेको बेला के व्याजदर वृद्धि विवेकशील निर्णय हो ?

हुनत खुल्ला बजारमा मुल्य बजारले निर्धारण गर्दछ भन्ने सैद्धान्तिक अवधारणा हो ।तर हाम्रो धरातलिय यथार्थता भुल्नु हुन्न।यो असामान्य अवस्था तिर गई रहेको समय हो । सम्झनुस त यो समयमा यस्तो चर्को व्याजमा ऋण लिएर कसले कृषि गर्ला,उद्योग खोल्ला ? व्यवसाय गर्ला? घर बनाउला? अनि कसरी राेजगारी बढ्ला? गरिबी घट्ला? यस्तै व्याजदर बढ्दै जाँदा सरकारले बजेमा लिएको दैनिक उपभाेग्य कृषि उपजको आयात ३०% ले घटाउने, समग्र आयात २०% ले घटाउने, निर्यात दोब्बर गर्ने लक्ष पूरा होला ?अहिलेको समस्या धेरै हदसम्म "कन्फिडेन्स"को हो ।

व्याजदर बढाएर मात्र कन्फिडेन्स बढ्दैन।सन्तुलन खल्बलिएको समयमा हरेक निर्णय गम्भीरतापूर्वक अध्ययन गरेर गर्नु पर्छ।नत्र सन्तुलन झन झन असहज हुन्छ। अत्यावश्यक बस्तुको मुल्यले आकाश छुन लागेकाो यो समयमा निक्षेपको व्याजको प्रतिशत हेरेर उपभोगमा कटौती गरी वचत गर्ने ल्याकत आम छ नेपालीको छ त?

(लेखक: राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रबन्धक हुन )

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved