इटहरीमा सुनको गहना चोरेको आरोपमा तीन जना पक्राउ

  • प्रकाशित मितिः आश्विन ३, २०७९
  • ८४ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी / सुनको गहना चोरेको आरोपमा प्रहरीले इटहरीबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक घर भएका अरुण राना मगर, बृखमान राई र भुपेन्द्र बिक छन् ।

उनीहरुमाथि जेठ २ मा इटहरी उपमहानगरपलिका–८ स्थित प्रविशा कार्कीको घरबाट सुनको गहना चोरेको आरोप छ ।

अरुण रानामगरले गहना चोरेर वृखमान राईलाई बिक्री गरेको अनुसन्धानबाट थाहा भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

प्रहरीका अनुसार बृखमानले सो गहना भुपेन्द्र विकलाई बेचेको स्वीकार गरेका छन् । आरोपीहरुमाथि चोरी मुद्दामा म्याद लिएर इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved