झापाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

  • प्रकाशित मितिः आश्विन ४, २०७९
  • ७२ पटक पढिएको
  • सञ्चारपाटी
alt

झापा / झापाबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । दमक नगरपालिका–१, सुनौलो टोल बस्ने २१ वर्षीय मनोज कुमाल ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कुमाललाई इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर ३० ग्राम फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved