मोरङ कारागारका एक कैदीको मृत्यु

  • प्रकाशित मितिः आश्विन ५, २०७९
  • ६८ पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर / विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङका एकजना कैदीको मृत्यु भएको छ । 

लागुऔषध मुद्दामा दोषी ठहर भएर कैद सजाय भुक्तान गरिरहेका धनकुटाको शहीदभूमि गाउँपालिका–२ का ४९ वर्षीय कूलबहादुर सार्कीको मृत्यु भएको कारागारले जनाएको छ । 

सार्कीको दुवै खुट्टा सुनिने, ज्वरो आउने र मटुको धड्कन बढ्नेलगयातका समस्या देखिएपछि सार्कीलाई उपचारका लागि मंगलबार कोसी अस्पताल अस्पताल भर्ना गरिएको थियो । 

उपचारकै क्रममा बुधबार बिहान उनको मृत्यु भएको हो । गाँजासँग जोडिएको लागुऔषध मुद्दामा सार्कीलाई जिल्ला अदालत मोरङले २०७६ साल भदौ ८ गते १ वर्ष ६ महिना कैद र २० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो । 

फैसलाका बखत फरार रहेका उनलाई २ वर्षपछि अर्थात २०७८ फागुन १५ गते प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरेर प्रहरीले बुझाएपछि अदालतले सार्कीलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved