सभामुख अग्नी सापकोटाविरुद्ध सर्वोच्चमा मुद्दा दायर

  • प्रकाशित मितिः आश्विन ६, २०७९
  • ४९ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / पदावधि सकिएको प्रतिनिधिसभाका सभामुख अग्नी प्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

संसदको पदावधि सकिएपछि पनि सभामुखले संविधान उल्लंघन गरेर पदमा बसिरहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध रिट दायर गरेका हुन् ।

प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म मात्र पदमा बहाल रहने व्यवस्था उल्लेख गर्दै रिटमा सभामुख र उपसभामुखको पद खाली गराउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved