देशभर २७ हजार बढीमा डेंगु संक्रमण , ३६ जनाको मृत्यु

  • प्रकाशित मितिः आश्विन १२, २०७९
  • २५२ पटक पढिएको
  • सञ्चारपाटी
alt

देशभर २७ हजार ५६९ जनामा डेंगु  पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार नेपालमा डेंगु सङ्क्रमण्बाट ३६ जनाको मृत्यु भएको छ ।

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जनामा भएको छ । त्यस्तै, लुम्बिनीमा तीन हजार ५०, प्रदेश १ मा ८१५, सुदूरपश्चिममा ८२१, गण्डकीमा ६५३, मधेश प्रदेशमा ४०५ र  कर्णाली प्रदेशमा २३६ जनामा डेंगु पुष्टि भएको छ ।

जिल्लाअन्तर्गत सबैभन्दा बढी काठमाडौंमा नौ हजार ४९६ जनामा डेंगु पुष्टि भएको छ  ।

ईडिसिडिले डेंगुको सङ्क्रमण कात्तिकसम्म बढ्ने सक्ने आकलन गरेको छ । चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved