सलोन र करिश्मा मंसिर १२ मा विवाह गर्दै

  • प्रकाशित मितिः आश्विन २४, २०७९
  • १८८ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौँ / अभिनेता सलोन बस्नेत आगामी मंसिर १२ मा वैवाहिक बन्धनमा बाँधिने भएका छन्। उनले प्रेमीका करिश्मा केसी सँग विवाह गर्न लागेका हुन्। सलोन र करिश्मा ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका छन्।

लामो समयदेखि आफ्नो प्रेम लुकाउँदै आएको यो जोडीले पछिल्लो केहि समय यता आफ्नो प्रेम सार्वजनिक रुपमै स्वीकार गर्दै आएका थिए।

अब भने सलोन र करिश्मा आफ्नो विवाहको तयारीमा जुटेका छन्।

करिश्मा पेसाले नेपाल एयरलाइन्सकी एयर होस्टेस हुन्। थुप्रै फिल्ममा अभिनय गरिसकेका सलोन चलचित्र निर्देशक शोभित बस्नेतका छोरा हुन्।

‘होस्टल’बाट रजतपतमा डेब्यू गरेका सलोन विशेषगरि सहनायकका रुपमा परिचित छन्।

४ वर्षको प्रेम विवाहमा परिणत गर्ने पक्का भएपछि सलोन र करिश्मा सार्वजनिक कार्यक्रममा पनि सँगै देखिन थालेका छन्।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved