चलचित्र ‘कौसिद’ पुस १५ देखि प्रदर्शनमा आउने

  • प्रकाशित मितिः आश्विन २५, २०७९
  • १८२ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘कौसिद’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।

चलचित्र आगामी पुस १५ गतेदेखि देशभर प्रदर्शनमा आउने छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको चलचित्रलाई कुमार भास्करले निर्देशन गरेका हुन् ।

चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र ‘कौसिद’का निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।

चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको पटकथा रहेको छ । निसल पौडेलले खिचेको चलचित्रलाई मित्र डि. गुरुङ र भीम विश्वकर्माले सम्पादन गरेका हुन् ।

ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको चलचित्रले अहिलेको समय र परिस्थितको बास्तबिकता चित्रण गरेको छ। चलचित्रको वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ ।

केहि समय अघि नै प्रदर्शन मिति तोकिएको चलचित्र बिबिध प्राबिधिक कारणले रिलिज पोस्टपोन्ड गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved