नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता तरहराकी कन्याम लिम्बूलाई लायन्सद्वारा सम्मान

  • प्रकाशित मितिः कार्तिक ७, २०७९
  • २३९ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी / नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दोतर्फ ६०-६५ केजी तौल समूहमा स्वर्ण पदक विजेता इटहरी २० तरहराकी कन्याम लिम्बूलाई सम्मान गरिएको छ ।

लायन्स क्लब अफ तरहरा इटहरीले सोमबार (आज) एक कार्यक्रमबीच लिम्बूलाई सम्मान गरेको हो ।उनले नवौं राष्ट्रिय खेलकुदमा तेक्वान्दो ६०-६५ केजीतर्फ स्वर्ण पदक विजेता भएकी थिइन् ।

लायन्स क्लब अफ तरहरा इटहरीका अध्यक्ष मुक्ति घिमिरेका अनुसार खेलाडी गहना नभई गौरब भएको बताए । उनले भने, "तरहरालाई चिनाउन उहाँले गर्नुभएको योगदानको कदर गर्दै सम्मान गरेका हौ, खेलाडी गहना होइन, गौरब हो ।"

इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ प्रमुख अतिथि थिए । उनले तिहार पर्व रङ्गको पर्व रहेकाले खेलाडीको जीवन रङ्गीन हुनुपर्ने शुभकामना दिए ।कार्यक्रममा बोल्दै स्वर्ण पदक विजेता लिम्बूले स्थानीय सरकारले खेलकुदलाई प्राथमिकता राखेर युवा खेलाडीहरूलाई प्रोत्साहित गर्नुपर्ने बताइन् ।

कार्यक्रममा लायन्सका एरिया ४ चिफ निर्मला चौधरी, लायन्स तरहराकी पूर्व अध्यक्ष मेनुका गिरी, जोन चियर पर्सन कृष्णप्रसाद घिमिरे लगायतले शुभकामना मंतव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved