चुनावी अभियानका बीच गरीबको घाउमा मलमलगाउँदै डा. सुनिल शर्मा

  • प्रकाशित मितिः कार्तिक १६, २०७९
  • ३०३ पटक पढिएको
  • सञ्चारपाटी
alt

नेपालमा अहिले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचनका प्रत्यासी उम्मेदवार तथा तिनका समर्थकहरु आफ्ना एजेन्डा लिएर प्रचारप्रसारमा व्यस्त छन् ।

जसरी पनि चुनावी नतिजा आफ्नो पक्षमा पार्ने उनीहरुको रणनीति छ । तर, मोरङको क्षेत्र नम्बर ३ का नेपाली कांग्रेस तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा।सुनिल शर्माको दैनिकी भने फरक छ । चुनावी प्रचारप्रसारलाई थाती राखेर उहाँ गरीब बिरामीको उद्धार तथा उपचार सेवा प्रवाहको कार्यमा डटेर लाग्नुभएको छ ।

gyanendra-bahadur-karki

डा। शर्माकै पहलमा मोरङकै बेलबारी नगरपालिकास्थित डाँगीहाट घर भएका विष्णुबहादुर बानियाँले नयाँ जीवन पाउनुभएको छ । आन्द्राको जटिल समस्याबाट ग्रस्त बानियाँ उपचार खर्चको अभावमा घरमै मृत्युसँग लडिरहेकोमा डा।शर्माले उहाँको निःशुल्क उपचारको प्रबन्ध गरिदिनुभएको हो ।

डा। शर्माले बानियाँको घरमै पुगेर एम्बुलेन्समा राखी उहाँलाई उपचारार्थ विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पुर्याउनुभएको हो । नोबेल डा।शर्माकै स्वामित्वमा रहेको अस्पताल हो ।

डा।शर्माले बानियाँको निःशुल्क शल्यकृयाको व्यवस्थाका साथै निःशुल्क औषधि उपलब्ध गराइदिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । आगामी मंसिर ४ गते देशैभर एकै चरणमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यतर्फ डा।शर्मालाई नेपाली कांंग्रेसको नेतृत्वमा रहेको संयुक्त गठबन्धनले साझा उम्मेदवार बनाएको हो ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved