तरुण दल सुनसरीले ‘1 बुथ 20 युथ’ खटाउने

  • प्रकाशित मितिः कार्तिक १८, २०७९
  • २७४ पटक पढिएको
  • सञ्चारपाटी
alt तरुण दल सुनसरीका सभावति सिजन गुरुङ

इटहरी । नेपाली कांग्रेसको भात्री संगठन तरुण दल सुनसरीले वान बुथ २० युथ खटाउने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै ‘१ बुथ २० युथ’ खटाउने भएको जानकारी तरुण दल सुनसरीका सभावति सिजन गुरुङले दिए ।

‘त्यसरी खटिज युथहरुले त्यहाँ स्वयमस्वको काम पनि गर्ने छन् ।’ सभापतिले भने, ‘बुथको सुरक्षा पनि गर्ने छन् ।’

सभापति गुरुङका अनुसार गठबन्धनका प्रतिनिधिहरुलाई जिताउन सुनसरीका ४ वटै क्षेत्रको सवै क्षेत्र, नगर र वडा स्तरीय तरुण दलको प्रतिनिधि खटाइएको बताए । ‘केही क्षेत्रमा खटाई सकेका छौँ ।’ सभापति गुरुङले भने, ‘केही क्षेत्रमा बाकी छ त्यो पनि चाडो भन्दा चाडो खटाउने छौँ ।’

सुनसरी–४ मा केही दिन यता मात्र तरुण दलले कार्यकर्ता भेला गरेर दरुन दलको चुनावी कमान्डर खटाएको सभापति गुरुङले जानकारी दिए । उनका अनुसार सुनसरी–४ मा क्षेत्र स्तरीय, नगर स्तरीय, वडा स्तरीय र टोल स्तरीय चुनावी कमान्डर परिचालन गरेको जानकारी दिएका छन् ।

खटिएका तरुण दलका कमान्डरले आम जनतालाई कांग्रेसको सिद्धान्त, किन भोट दिने?, कांग्रेसको घोषणापत्रमा के छ?, अन्य दलले मतदाता प्रभावित पार्न (पैसा निदे, अनेका प्रलोभनमा फसाउने) गर्नसक्ने कुराको पनि निगरानी गर्ने सभापतिको भनाई छ ।

‘हामीले सवै निर्वाचन क्षेत्रमा तरुण दलको प्रतिनिधि खटाउने हो ।’ सभापति भन्छन्, ‘आज र भोलि भित्र नै सुनसरी–२ मा पनि तरुण दलको चुनावी कमान्डर खटाउने छौँ ।’

को हुन सभापति गुरुङ ?

नेपाली काँग्रेसको युवा दस्ता नेपाल तरुण दल सुनसरीको कार्यवाहक सभापति हुँदै हाल सभापति रहेका गुरुङ्ग नेपाली काँग्रेसमा लोकप्रिय नेताको रुपमा परिचित छन् ।

व्यवहारवादी नेताको छवी बनाएका गुरुङ्ग काँग्रेको १३ औं महाधिवेशनमा सुनसरी क्षेत्र नम्बर २ बाट सबैभन्दा बढि मतका साथ महासमिति सदस्य पदमा निर्वाचित भएका थिए ।

तरुण दल सुनसरीको राजनितिमार्फत समाजका तत्कालिन आवश्यकता र नागरिकका मर्म अनुसार विभिन्न सामाजिक गतिविधिमा गुरुङ सक्रिय छन् ।

अहिले चुनावी परिचालन समितिले गुरुङलाई युवा परिचान समितिको संयोजकको जिम्मेवारी दिएको छ । त्यही जिम्मेवारी निर्वाह गर्न उनी अहोरात्र खटिरहेको तरुण दलका कार्यकर्ता बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved