चुनावी प्रचार/प्रसार संयोजक नगेशचन्द्र राईको टोली के गर्दे छ ?

  • प्रकाशित मितिः कार्तिक १८, २०७९
  • २९७ पटक पढिएको
  • सञ्चारपाटी
alt सुनसरी कांग्रेस उप–सभापति नगेशचन्द्र राईको फाईल तस्विर

इटहरी । आगामि मंसिर ४ गतेको निर्वाचनको प्रचार प्रसार सुरु भैसकेको छ । सवै दल र उम्मेदवारहरु चुनावी अभियानमा लगोका छन् । त्यस्तै सुनसरीको लोक्त्रान्त्रिक बाम गठबन्धन पनि चुनावी अभियानामा लागेका छन् ।

 लोकतान्त्रिक  बाम गठबन्धन सुनसरीको प्रचार प्रसार समितिका संयोजकमा नेपाली कांग्रेस सुनसरीका उप–सभापति नगेशचन्द्र राईलाई तोकेको छ । उनले अहिलेको चुनावी प्रचार हेरीरहेका छन् ।

सञ्चारपार्टीले कसरी चुनावी प्रचार भैरहेको छ ? भन्ने प्रश्नमा राई भन्छन्, ‘मलाई संयोजक तोकेको दिन देखिकै म सक्रिय छु, हामी जतिको जिम्मेवार व्यक्तिले निर्वाचन अयोगले भनेको आचरसंहिता पनि मान्न पर्यो, भखर त प्रचार गर्ने मिल्ने भएको छ ।’

उनले अझ अगाडि थपे, ‘आचारसंहिता लाग्दा सम्ममा चै हामीले विभिन्न उप–समितिहरु बनायौँ, अहिले त्यही समितिले काम गरिरहेको छ ।’

सुनसरीमा ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छ । त्यसमध्य ३ वटा निर्वाचन क्षेत्रमा जित हासील गर्न सकिने राईको दावी छ । ‘हामीले अहिलेको अबस्थामा सुनसरीको  सबै प्रतिनिधि सभा तथा प्रदेश सभाहरुमा गठबन्धनको जीत हुने छ ।’ संयोजक राई भन्छन्,

के गर्दै छ प्रचारप्रसारको टोली ?

अहिले प्रचार प्रसारको टोली पूरै निर्वाचनमा केन्द्रित भएको संयोजक राईको भनाई छ । निर्वाचन परिचालन तथा प्रचारप्रसार संयोजक राईका अनुसार सञ्चार तथा सूचना प्रमुखमा धनबहादुर पुरीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै, सामाजिक सञ्जाल प्रमुखमा रियन्द्रप्रसाद गुरागाईँ, क्षेत्र नं. ४ को इन्चार्जमा बालसुधार परियोजना, क्षेत्र नं. १ (क) को इन्चार्जमा विनोद घिमिरे र क्षेत्र नं. १ (ख) को इन्चार्जमा रामराज महतलाई जिम्मेवारी दिइएको हो ।

यस्तै, क्षेत्र नं. १ क को महिला इन्चार्जमा निर्मला नेपाल शर्मा र क्षेत्र नं. १ को इन्चार्जमा प्रकाश बस्नेतलाई जिम्मेवारी दिइएको हो । यस्तै, क्षेत्र नं. २ (क) महिला इन्चार्जमा दुर्गा खड्का आचार्य, क्षेत्र नं. ३ (क) को इन्चार्जमा सुरजप्रसाद थारु, क्षेत्र नं. ३ (ख) को इन्चार्जमा श्रीप्रसाद यादवलाई जिम्मेवारी दिइएको राईले जानकारी दिए ।

उनका अनुसार क्षेत्र नं. ३ (क) को महिला इन्चार्जमा रेखा कौर प्रसाईँ, क्षेत्र नं. ४ (क) को इन्चार्जमा शंकर बस्नेतलाई जिम्मेवारी दिइएको छ ।

यस्तै, निर्वाचन परिचालन समिति सदस्यमा विवश निरौला, तरुण दल समन्वय संयोजकमा शुकदेव राई, आदिवासी जनजाती समन्वय संयोजकमा गोपाल राई, जिल्ला युवा परिचालक संयोजकमा रोशन तामाङ र बराहक्षेत्र नगर संयोजकमा शान्तकुमार राईलाई जिम्मेवारी दिइएको छ ।

जिम्मेवारी दिइएका मानिसहरूले आगामी ४ मंसिरमा हुने निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्ने राईले बताए ।

राई संयोजक भएपश्चात उम्मेदवारसँग निरन्तर छलफलमा छन् । जिल्ला प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, नगर, वडा र टोल स्तरीय परिचालन समिति गठन गरेको समेत राईको भनाई छ । ‘लग्भग ७५ प्रतिशत परिचालन समितति गठन भैसकेको छ ।’ राईले भने, ‘अब अरु २५ प्रतिशत पनि केही दिनमा सम्पन्न गर्ने नै छौँ ।’

गठबन्धन सहित हरेक क्षेत्रमा समिति गठन गरिएको राईको भनाई छ । सवै नेता कार्यकर्तालाई सक्रय रुपमा लगाई रहेको राई बताउछन् ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved