८० लाख ठगी आरोपमा सुन्दरहरैँचाका दम्पत्ती पक्राउ

  • प्रकाशित मितिः मंसिर १, २०७९
  • १३० पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी / बचत संकलन गरेर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा मोरङमा एक ज्वेलर्सका दम्पत्ती पक्राउ परेका छन । 

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा रहेको कमला ज्वेलर्सका संचालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई इलाका प्रहरी बेलबारीले  पक्राउ गरेको हो ।

धेरै ब्याज दिने प्रलोभन देखाएर सर्वसाधारणबाट बचत संकलन गरेका दम्पत्तीले स्थानीयको ८० लाख रुपैयाँभन्दा बढि ठगी गरेको आरोप लागेको छ ।

उनीहरुले सर्वसाधारणलाई १७ प्रतिशतभन्दा बढी व्याज दिने भन्दै बचत संकलन गर्ने गरेका थिए । पछिल्लो समय बचतकर्ताले बचत रकम फिर्ता माग्न थालेपछि  उनीहरु गत साउनदेखि पसलनै बन्द गरेर फरार भएका थिए । 

लुकिछिपी बस्दै आएका उनीहरुलाई मोरङ प्रहरीको विशेष टोलीले पक्राउ गर्न सफल भएको मोरङ प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved