उर्लाबारीमा दुई समूहबिच झडप हुँदा तीन जना घाइते

  • प्रकाशित मितिः मंसिर ३, २०७९
  • १२० पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–६ स्थित तरुण क्याफे नामक कफी सपमा शुक्रबार साँझ दोहोरो झडप हुँदा तीन जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर छ। 
 
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उर्लाबारी–६ का २९ वर्षीय रजक थापा र उर्लाबारी–४ का ३३ वर्षीय कुमार लिम्बूको समूहबीच साँझ ६ः१५ बजेतिर झडप भएको हो। झडपमा परेर उर्लाबारी–४ का २५ वर्षीय गौतम तामाङ, उर्लाबारी–७ का ३२ वर्षीय नितम चौहान र उर्लाबारी–८ का ३२ वर्षीय मिलन श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ। 
 
घाइतेमध्ये गौतम तामाङको अवस्था गम्भीर छ। स्थानीय स्वास्थ्य संस्थामा सम्भव नभएपछि उनलाई थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको छ। अन्य दुई जनाको उर्लाबारीमै उपचार भइरहेको छ। डीएसपी श्रेष्ठका अनुसार घाइतेहरु माथि खुकुरी प्रहार भएको छ। 
 
घटनामा संलग्न उर्लाबारी–५ का २६ वर्षीय आशाङ तामाङ, कुमार लिम्बू र रजक थापालाई पक्राउ गरिएको श्रेष्ठले बताए। पुरानै रिसईबीका कारण दुई समूहबीच झडप भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved