मोरङ ६ मा शेखर अगाडि

  • प्रकाशित मितिः मंसिर ६, २०७९
  • ९७ पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका शेखर कोइरालाले आफ्नो अग्रता कायमै राखेका छन्।

एमालेका लालबाबु पण्डितलाई ७७० मतान्तरले पछि पार्दै शेखरले आफ्नो अग्रता कायम बनाएका हुन्। विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालयमा अहिले निर्वाचन क्षेत्र नं. ६ को मतगणना भईरहेको छ। 

प्रतिनिधिसभा सदस्यतर्फ ७ हजार ७४७ सय मत गणना भइसक्दा डा. कोइरालाले ३ हजार ५३८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका पण्डितले २ हजार ७६८ मत प्राप्त गरेका छन्।

१ लाख २६ हजार ७६१ जना मतदाता रहेकोमा मोरङको क्षेत्र नं. ६ मा भने ६७ दशमलव ७२ अर्थात् ८५ हजार ८३७ जनाले मतदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved