इटहरीमा अब शौचालय जान, होटल रेष्टुराँमा खाजा खानु नपर्ने

  • प्रकाशित मितिः मंसिर ८, २०७९
  • १९४ पटक पढिएको
  • नवीन दहाल
alt

इटहरी / इटहरीको मुख्य सडकमा हिँड्दा शौच लाग्दा शौचालय नभेटेर भौंतारिनुभएको त छैन ? अथवा शौचालय खोज्ने क्रममा हतारमै पनि बाध्य भएर चिया-खाजा खाने निहुँमा होटल रेष्टुराँ पस्नुभएको त छैन ? यदि त्यसो हो भने अब त्यसको समाधान ल्याएको छ इटहरी उपमहानगरपालिकाले ।

प्रदेश १ कै केन्द्र बिन्दु इटहरी उप-महानगरपालिकामा सार्वजनिक शौचालयको अवस्था दयनीय छ । एकातिर शौचालय आवश्यकताभन्दा कम छन् भने अर्कातिर भएका शौचालयको पनि व्यवस्थापन नराम्रो थियो । अब भने यो समस्या हट्ने भएको छ ।

प्रदेश नं १ को ब्यापारीक केन्द्र बिन्दुको रुपमा रहेको इटहरीमा अब शौच गर्नकै निम्ति होटल छिर्नु पर्ने बाध्यता हट्ने भएको छ ।

इटहरी पस्चीमलाईन विशाल बजारको शौचालय सार्वजनिक शौचालयको रुपमा गत ४ महिना अघी देखि नै     प्रयोग भइरहेको छ ।

collage (1) 1

अबको केहि महिना भित्रै सार्वजनिक शौचालयको व्यापक समस्या रहेको इटहरीमा समस्या हट्ने भएको छ ।

इटहरी उपमहानगरपालीकाको मेयरमा हेमकर्ण पौडेल निर्वाचित भएपछी इटहरी मुख्य चौकमा सार्वजनिक शौचालयको सिलन्यास गरेका थिए ।

भदौ १९ गते मेयर पौडेलले सिलन्यास गरेको शौचालय निमार्णको काम तिव्र गतीमा चलिरहेको छ । इटहरी मुख्य चौक र इटहरी पुर्व लाईनमा उपभोक्ता समिती नै गठन गरेर शौचालय निर्माण काम भैरहेको छ ।

इटहरी मुख्य चौकमा बन्ने शौचालत अपाङ्ग मैत्री बन्ने उपभोक्ता समितीका अध्यक्ष इश्वरी पराजुलीले बताए । ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको उक्त शौचालय माघ महिना भित्र पुर्ण सम्पन्न भएर सञ्चालमा आउने अध्यक्ष पराजुलीले जानकारी दिए ।

शौचालयमा एक पटकमा धेरै जनाले प्रयोग गर्न मिल्ने तथा शौचालयमा महिलाहरुको सुविधाको निम्ती प्याड समेत उपलब्ध हुने छ । शौचालय अत्याधुनिक प्रविधीको प्रयोग गरिने अध्यक्ष पराजुलीले बताए । हेन्ड ड्रायर देखि वेसीन सम्म रहने उक्त शौचालयको लागत अनुमान ३० लाख रुपैया गरिएको छ ।

316307550_948456123225507_4671881259214664043_n

इटहरी मुख्य चौक र पुर्व बस स्टेन्डमा उपभोक्ता समिति नै गठन गरेर शौचालय निर्माणको काम चलिरहेको र पश्चिम खेतीखोला आसपासको क्षेत्रमा स्पोटको खोजि गर्ने काम चलिरहेको इटहरी वडा नं ६ वडा अध्यक्ष दिवस पोखरेलले बताए ।

इटहरी उपमहानगरपालिकाको गेटै अगाडि सार्वजनिक शौचालय निर्माणको काम ९९.५ % सम्पन्न भईसकेको छ । 

यसरी हेर्दा अबको केही महिना भित्रै इटहरी उपमहानगरपालिकाको सार्वजनिक शौचालयको समस्या पूर्ण रुपमा हट्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved