धरानबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

  • प्रकाशित मितिः मंसिर ८, २०७९
  • ७५ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी / सुनसरीको धरान उप-महानगरपालिका-१५ श्यामचोक स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 
पक्राउ पर्नेहरुमा धरान उप-महानगरपालिका-१५ का ३४ बर्षिय किशोर परियार र धरान ३ का २७ बर्षिय वीरवल प्रसाद साह रहेका छन् । 
 
बुधबार बिहान ७ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा को २५ प ४६४० नम्बरको स्कुटरमा लुकाई छिपाई ल्याउदै गरेको dialax dc 35 tablet, spasmo prokxyvon 208 capsul र nirtosun 15 tablet  प्रतिबन्धित लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिएको हो ।
 
पक्राउ परेका परियार र साहको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved