इटहरी / जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
राईले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
नेकपा एमालेको समर्थन रहेका राईले १७ हजार ५९ मत प्राप्त गर्दा तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् ।
यस्तै‚ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved