इटहरी / प्रदेश नम्बर १ मा नेकपा एमाले पहिलो दल बन्ने निश्चित भएको छ । प्रदेशसभातर्फको ५६ सिटमध्ये ४९ सिटको नतिजा आउँदा एमालेले २४ सिट जितिसकेको छ । यस्तै एक सिटमा अग्रता रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
यस्तै नेपाली कांग्रेसले १३ सिटमा जित तथा ३ मा अग्रता बनाएको छ । यस्तै माओवादी केन्द्रले ७ सिट जित्दा २ मा अग्रता बनाएको छ भने एकीकृत समाजवादीले २ सिटमा विजय र १ मा अग्रता कायम राखेको छ । यस्तै राप्रपाले २ सिट जितेको छ । प्रदेश १ मा समानुपातिकतर्फ पनि एमालेकै अग्रता रहेको छ ।