सुनसरी / विवादपछि मतगणना स्थगित भएको सुनसरी ४ मा गणनालाई निरन्तरता दिने सहमति भएको छ ।
बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएको हो ।
शङ्का लागेको ठाउँको सीसीटीभी फुटेज हेरेपछि गणनालाई निरन्तरता दिने सहमति भएको हो । सुनसरी–४ मा कांग्रेसबाट सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र एमाले जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भइरहेको छ ।
कार्कीले ६ सय ६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए । तर, आयोगले पुनःमतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएपछि आजदेखि गणना हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved