श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • प्रकाशित मितिः मंसिर १३, २०७९
  • ११२ पटक पढिएको
  • सञ्चारपाटी
alt

मोरङ / मोरङको जहदामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन् ।

पति ४२ वर्षीय सन्तोष सरबरियाको हत्याको आरोपमा प्रहरीले जहदा गाउँपालिका–१ भुटाहाकी ३५ वर्षीया दवानीदेवी सरबरियालाई पक्राउ गरेको हो । हत्यामा प्रयोग गरिएको बाम्फोकसहित दवानीदेवीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

पारिवारिक विवादका क्रममा बाम्फोकले घाँटी र टाउकोमा प्रहार गरेर सन्तोषको हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धनाबाट खुलेको उनले बताए । धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा सन्तोषलाई आफ्नै घरभित्र प्रहरीले गत शनिबार राति ११ः२० बजेतिर फेला पारेको थियो । बोल्नसमेत नसक्ने गम्भीर अवस्थामा भेटिएका उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएको थियो । उपचारका क्रममा राति नै उनको मृत्यु भयो ।

प्रहरीले सन्तोषमाथि हतियार प्रहार भएको आशङ्कामा पत्नी दवानीदेवीलाई तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । प्रहरी स्रोतका अनुसार मदिराको नशामा आएर पतिले झगडा गर्न थालेपछि सहन नसकेर हतियारले हानेको उनले बताएकी छन् ।

स्थानीयका अनुसार मादक पदार्थ सेवन मापसे गरेर पति–पत्नीबीच सधैँ झै–झगडा हुने गरेको थियो । मृतकका ३ सन्तानमध्ये २ छोरा र १ छोरी छन् । उनीहरू १४ वर्षमुनिका छन् ।

पतिको हत्यामा संलग्न दवानीदेवीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धान सुरु गरेको छ । सन्तोषको हत्यामा अरूको संलग्नता छ कि छैन भन्ने कुरा अनुसन्धानपछि मात्रै यकिन हुने एसपी कोइरालाले बताए ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved