सप्तरी \ सप्तरीको कञ्चनरूप नगरपालिका– १ बैरबामा घाँटी रेटी एकजनाको हत्या भएको छ।
गएराति साढे ९ बजेदेखि बेपत्ता रहेका सोही ठाउँका ५० वर्षीय पप्पु राउतको शव घाँटी रेटी हत्या भएको अवस्थामा फेला परेको हो।
बेपत्ता रहेका राउतको खोजीका लागि प्रहरीमा जानकारी गराइएको थियो। मंगलबार बिहान राउतको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाँटी रेटी हत्या गरिएको शव फेला परेसँगै घटनाको सूक्ष्म अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved