विराटनगरमा सडकपेटी मिचेर बनाइएका अवैध संरचना हटाइँदै

  • प्रकाशित मितिः मंसिर २१, २०७९
  • ३९० पटक पढिएको
  • सञ्चारपाटी
alt

मोरङ / विराटनगर महानगरपालिकाले पनि बुधबारबाट बजार क्षेत्रमा निर्माण गरिएको अवैध संरचना हटाउने अभियान सुरु गरेको छ । विराटनगर-९ स्थित महानगर प्रमुख नागेश कोइरालाकै घरमा पसल सञ्चालकहरूले सडकपेटी अतिक्रमण गरी बनाइएका संरचना हटाएर अभियान सुरू गरेको हो । 

महानगरभरि सडक तथा सडकपेटी अतिक्रमण गरेर बनाइएका अवैध संरचना हटाउने निर्देशन कार्यान्वयन गर्न सुरु गरेको महानगर प्रहरी प्रमुख राजन पौडेलले बताए । सडकपेटी अतिक्रमणले सर्वसाधारण सडकबाट हिँड्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले दुर्घटनाको जोखिम रहेको उनको भनाइ छ । तर महानगरले आफैले सडक निर्माण गर्दा अधिकांश ठाउँमा सडकपेटी नै राखेको छैन ।

महानगरपालिकाले वडा नम्बर ९ को कार्यालय घोघापैनी अतिक्रमण गरेर निर्माण गरेको छ । जसले गर्दा वर्षाको पानीको सहज निकास नहुँदा बर्सेनि महानगरबासी डुबानको समस्या झेल्न बाध्य छन् ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved