इटहरीमा आर्ट अफ लिभिङको ह्याप्पिनेस कार्यक्रम

  • प्रकाशित मितिः पुष २, २०७९
  • ३८० पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी ।आर्ट अफ लिभिङले इटहरीमा ३ दिने ह्याप्पिनेस कार्यक्रम सञ्चालन गरेको छ। आर्ट अफ लिभिङ इटहरीले इटहरी स्थित कृष्ण प्रणामी मन्दिरमा ह्याप्पिनेस कार्यक्रम ’ आयोजना गरेको हो ।

सुवर्णा बस्नेत प्रमुख प्रशिक्षक रहेको कार्यक्रममा योग, प्राणायाम र ध्यान गराइएको थियो । प्रशिक्षक बस्नेतले प्राणायाम र सुदर्शन क्रिया गराउँदै यसले शारीरिक, मानसिक रुपमा गर्ने फाइदाका विषयमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा अर्की प्रशिक्षक सिर्जना श्रेष्ठले योगाभ्यास र सुक्ष्म व्यायामहरु गराएकी थिइन् । कार्यक्रममा सहभागी इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले ह्याप्पिनेस प्रोग्रामपछि ३ दिन सम्म नियमित रुपमा साधना गर्दा शारीरिक र मानसिक रुपमा आफुलाई फाइदा मिलेको प्रतिक्रिया दिए ।

मेयर पौडेलले भने म यसलाई लामो समयसम्म जारी राख्न चाहन्छु । स्वस्थ शरीर र शान्त मनका लागि योग ध्यान र प्राणायामहरु सबै व्यक्तिका लागि फाइदाजनक छ । यसलाई सबैले आत्मसात गरौं ।’

३८ जना सहभागिता रहेको कार्यक्रममा अधिकांसले आफुहरु खुसी भएको बताएका थिए । नेपाली काँग्रेस इटहरीका नगर सचिव बिक्रम घिमिरेले ३ दिन सम्म भाग लिएको कार्यक्रम फाइदाजनक भएको सुनाए।

अध्यात्मिक गुरु श्री श्री रविशंकरले स्थापना गरेको द आर्ट अफ लिभिङका विश्वका १ सय ५७ भन्दा बढी देशमा शाखा छन् । तनाव रहित मन, रोग मुक्त शरीर र हिंसारहित समाज भन्ने मूल नाराका साथ विश्वभर योग, ध्यान, प्राणायाम, सेवा र शिक्षाका क्षेत्रमा यो संस्था परिचित छ । स्वयंसेवकमा आधारित विश्वका ठूला संस्थामध्ये आर्ट अफ लिभिङ पनि एक हो ।

CC2C071F-C2BA-4AB5-A1D6-D383897F21A4

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved