नाइजेरियामा हैजाको प्रकोप, कम्तीमा २० जनाको मृत्यु

  • प्रकाशित मितिः पुष ४, २०७९
  • १६७ पटक पढिएको
  • सञ्चारपाटी
alt

नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी यहाँका कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ ।

नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको र ज्यान जानेमा सोही राज्यका नागरिक बढी रहेका अधिकारीले बताएका छन्। ।

 

यहाँको स्थानीय अबि क्षेत्रमा हैजाको प्रकोप बढी फैलिएकोले के कारणले यहाँ प्रकोप फैलियो भन्ने विषयमा सरकारले अनुसन्धान थालेको बताइएको छ ।

यहाँका १० ओटा गाउँमा हैजा फैलिएको पाइएको छ । यहाँका ती गाउँमा मात्र सयौँ मानिस बिरामी भई अस्पताल भर्ना भएका छन् ।

उनीहरूलाई हैजाको प्रकोपको आशङ्कापछि विशेषज्ञ चिकित्सकद्वारा उपचार सेवा गरिरहेका यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

सरकारले ती क्षेत्रमा सफा पानीको प्रबन्ध र सरसफाइका कामलाई अघि बढाएको जनाएको छ । साथै गाउँलेहरूलाई सरसफाइसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको बताइएको छ ।

नाइजेरियामा घना बस्तीहरूमा खानेपानी, सरसफाइ तथा अन्य आवश्यक स्वास्थ्य पूर्वाधारको अभावमा हैजाको प्रकोप बारम्बार फैलिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved