कानेपोखरीमा माहुरीले चिलेर एक जनाको मृत्यु ,४ जना घाइते

  • प्रकाशित मितिः पुष ७, २०७९
  • २१५ पटक पढिएको
  • सञ्चारपाटी
alt

filephoto

इटहरी / मोरङमा माहुरीले चिलेर १ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । कानेपोखरी–९ भौँसाबारीमा माहुरीले चिलेर ८४ वर्षीय टीकाराम भट्टको मृत्यु भएको छ ।
माहुरीको घार गाडीबाट निकाल्ने क्रममा भुइँमा खसेर फुटेपछि स्थानीयलाई चिलेका थिए । भट्टलगायत स्थानीय ६८ वर्षी झबर यादव, ५५ शोखलाल ऋषिदेव, ३६ वर्षीय मानबहादुर सुनार र २० वर्षीया जेनिसा राजवंशी माहुरीले चिलेर घाइते भएको मोरङ प्रहरीका सूचना अधिकारी दीपक श्रेष्ठले बताए ।

स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा भट्टको मृत्यु भएको र अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । माहुरी पालक झापाको शिवसताक्षी नगरपालिका–९ का ओमदेव बस्नेत र पशुपति अधिकारीलाई नियन्त्रणमा लिई आवश्यक परेको बेला उपस्थित हुने गरी छोडेको श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved