विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले शिक्षाध्यक्षमा ईन्टर्नल मेडिसिन विभागका प्रा.डा. सञ्जीवकुमार शर्मालाई नियुक्त गरेको छ ।
यस्तै, सञ्चालक परिषद सदस्यमा स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका प्रा.डा. निलाम्बर झा तथा माइक्रोबायोलोजी विभागका प्रमुख डा. नारायणराज भट्टराईलाई नियुक्त गरिएको छ ।
तत्कालिन शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालको पदावधि गत असोज २६ गते समाप्त भए पश्चात् रिक्त प्रा.डा. शर्मा नियुक्त हुनुभएको छ ।
प्रतिष्ठानको ऐन बमोजिम प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफरिसमा प्रतिष्ठानका सहकुलपति माननीय स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ्गले उहाँलाई पाँच वर्षको नियुक्ति गर्नुभएको हो ।
त्यस्तैगरी, प्रा.डा. झा तथा डा. भट्टराईलाई सञ्चालक परिषद् सदस्यमा मनोनित गरिएको छ । उहाँहरुको समयावधि ४ वर्षका लागि हुने प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved