इटहरी / इटहरी उपमहानगरपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित ७ दिने मेलमिलाप सम्बन्धि आधारभूत तालिमको समापन गरिएको छ ।
पुस ७ गतेदेखि शुरु गरिएको उक्त तालिममा इटहरीका २० वडाका ८४ जना महिलाहरु प्रशिक्षार्थीको सहभागिता भएका थिए । तालिम लिएको महिलाहरुले वडामा तीन जना सदस्य रहने गरि प्रत्येक वडामा मिलमिलाप केन्द्र खोलिने छ ।
वडाका दलित महिला सदस्य , महिला सदस्य र वडामा संघ संस्थामा आबद्द महिलाहरुले प्रशिक्षार्थीहरुको रुपमा सहभागिता रहेको इटहरी उपमहानगरपालिकाकी कार्यपालिका सदस्य तथा न्यायीक समिति सदस्य भिमादेवि राईले बताइन ।
समापन कार्यक्रममा प्रमुख अतिथिमा नगरपालिकाका उप प्रमुख तथा न्यायीक समितिका संयोजक संगिता चौधरी थिईन । उपमेयर चौधरीले न्यायीक समितिलाई चुस्त बनाउदै लौजाने बताईन ।
७ दिनसम्म सञ्चालित तालिम कार्यक्रममा वडा तथा उपमहानगरपालिकाको मेलमिलाप केन्द्र तथा मेलमिलापकर्ताहरुको विषयमा विभिन्न आधारभूत शिक्षा, मेलमिलाप सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय नियम तथा स्थानिय नियम तथा कार्यविधिहरु, कानून तथा ऐन लगायतका विभिन्न विषयमा आधारभूत तालिम प्रदान गरिएको थियो ।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहेता , न्यायीक समिति सदस्य तथा इटहरी ६ का वडाध्यक्ष दिवश पोखरेल लगायतले बोलेका थिए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved