इटहरीका लोकप्रिय वडाध्यक्ष : जितेन थापा वडाको विकास सँगै सामाजिक काममा सक्रिय

  • प्रकाशित मितिः पुष १५, २०७९
  • १४३१ पटक पढिएको
  • नविन दाहाल
alt

इटहरी । समग्र इटहरी क्षेत्रमा नै युवा माझ लोकप्रिय नाम हो– जितेन थापा । हरेक क्षेत्रमा समस्या पर्दा होस या कुनै खुसीयाली मनाउँदा होस उनी टुप्लुक्क पुग्ने गरेका छन । देशलाई अघि बढाउन राजनीतिको महत्वपूर्ण भूमिका हुने भन्दै गत स्थानीय तहको निर्वाचनमा इटहरी ९ को वडाध्यक्षमा निर्वाचित भए ।

राजनीतिमा युवाहरुले नेतृृत्व लिन अग्रसर हुनुपर्ने विचार राख्दै आएका जितेन राजनीतिसँगै सामाजिक काममा समेत अग्रमोर्चामा छन । हरेक अभियान तथा सामाजिक काममा अग्रसर रहेका जितेनलाई सबै पार्टीका नेता तथा युवाहरुले एक असल व्यक्तिको रुपमा चित्रण गर्ने गरेका छन ।

यो या त्यो पार्टी, आफ्नो र पराई नछुट्याई सबैलाई समान व्यवहार गर्ने गरेका छन । युवाहरुलाई अध्ययनसँगै व्यवसायी हुँदा सामाजिक काममा अग्रसर गराउँदै राजनीतिमा प्रवेश गराएर नेतृत्व लिन उत्प्रेरित गरिरहने उनी भन्छन् युवालाई कुलतबाट युवाहरुलाई जोगाउने अभियानमा लागेका छन ।

मोरङ्गको केरौनमा जन्मिएका थापाको राजनीतिक यात्रा पुर्वाञ्चल ईन्जिनियरिङ क्याम्पस धरानबाट सुरु भएको हो । एसएलसी सकेर पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा इन्जिनियरिङ अध्यापनको क्रममा २०६१ साल देखी अनेरास्ववीयूमा सक्रिय भएका थिए ।

इटहरी आएर युवा संघबाट राजनीतिक यात्रा सुरु गरे । नगर कमिटि सदस्य , कोषाअध्यक्ष र २ कार्यकाल सम्म युवा संघ इटहरीको नगर अध्यक्ष भए । हाल उनी युवा संघको केन्द्रिय कमिटि सदस्य एमाले इटहरी नगर कमिटिका निर्वाचित उपसचिव समेत हुन ।

इटहरीको धेरै महत्वपुर्ण योजनाहरु निर्माण भएको र निर्माण हुने क्रममा रहेको वडा हो वडा नं ९ । वडा तथा नगरको विकासमा हरदम तत्पर रहने वडा अध्यक्ष आर्थिक बर्ष २०७९ । ८० का लागि विनियोजित भएको रातो किताब अन्तरत वडा,नगरका योजनाहरु संघ र प्रदेशका तर्फबाट वडामा परेका योजनाहरुलाई अगाडि बढाउने कार्यमा ब्यस्त छन ।

वडाका योजनाहरुमा समिति गठन गरेर प्रकृयाहरु अगाडि बढाईरहेको साथै सिपमुलक तालिमहरु , जनचेतना सम्बन्धिका तालिमहरु भौतिक पुर्वाधारका कार्यक्रमहरुलाई अघि बढाउने कार्यमा आफू ब्यस्त भएको बताउछन वडाध्यक्ष थापा । सडक पुर्वधारका हिसावले इटहरी ९ सुगम रहेको र बन्दै गरेका साथै बन्न बाँकी रहेका बाटाहरुलाई पुर्णता दिने हिसावले अघि बढिरहेको थापा आफ्नो वडालाई उत्कृष्ट बनाउँने अभियानमा खटिरहेका छन ।

शैक्षिक क्षेत्रको बिकासको लागि इटहरी वडा नं ९ मा रहेको सुनसरीकै उत्कृष्ट जनता माविमा छात्रावासको निर्माण गर्ने , मन्टेस्वरी निर्माण गर्ने प्राविधिक शिक्षा ल्याउने साथमा शैक्षिक गुणस्तरियतामा वृद्दि गर्ने जस्ता कार्यक्रमहरु अगाडि बढाउन आफुहरु लागीरहेको बताउँछन । जनता माविलाई भर्खरै मात्र प्रदेश सरकारले सुनसरी जिल्लाकै उत्कृष्ट ब्याबस्थापन भएको माध्यमिक बिद्यालयको रुपमा छनोटमा समेत परेको छ ।

यसो त इटहरी अस्पताल पनि थापाकै वडा भित्रै पर्छ । इटहरी अस्पतालमा निर्माणधिन रहेको नयाँ भवन अन्तिम चरणमा पुगेको र विषेशज्ञ सेवाहरु सञ्चालन गर्ने प्रयत्नमा आफुहरु लागि रहेको वडाध्यक्ष थापा बताउँछन । उनी भन्छन बिषेशज्ञहरुबाट दैनिक घण्टाको हिसाबले भए पनि अस्पतालबाट सेवा सुचारु गर्न ल्याव पुन निर्माण कार्य अघि बढिरहेको छ । अस्पतालमा केहि सेवाहरु पौष महिना भित्रैबाट सुरु गर्ने प्रारम्भिक तयारी रहेको थापाको भनाई छ ।

वडाबासीहरुलाई ब्यबसायीक बनाउने उदेश्यले विभिन्न तालिमहरु सञ्चालन भईरहेको छ । हाल ड्राईभिङ्गको तालिम चलिरहेको छ भने इलेक्ट्रिसियन,प्लम्बर लगायतका तालिमहरु संचालनको प्रक्रियामा रहेको छ । मेरो काम गराई प्रति अहिले सम्म मेरो वडाबासी खुसी र सकारात्मक छन उनी मुस्कुराउँदै भन्छन् ।

त्यसो त विकास निर्माणको क्रममा केहि असमझदारीहरु रहनु समान्य मानिन्छ । भर्खरै इटहरीको सबै भन्दा ठुलो योजना कोल्ड स्टोर निर्माण निर्माण हुने कुरामा असमझदारीहरु रहेको थियो । इटहरी ९ मा रहेको जग्गा विवाद पछि दुवै पक्षका सरोकारवाला , स्थानिय बासिन्दा, व्यापारीहरु र टोल विकास सबै बसेर सामाधान भयो । विकासका कार्यहरु गर्दा वडा बासीहरुको सल्लाह, सुझाव लिन्छु उनी थप्छन ।

322217632_553220029997946_1603281170271310653_n

 

(ट्याङ्ग्रा करीडोर निर्माणको लागी अनुगमन गर्न आएका एसीयन डेभलपमेन्ट बैकंको टिमसगँ वडा अध्यक्ष थापा)
कस्तो छ भावि योजना ?

इटहरी ९ नं वडा बजार केन्द्रित तथा इटहरीका महत्वपुर्ण योजनाहरु भएको वडा भएको हिसाबले केही चुनौतिहरु पनि रहेका छन । इटहरी बसपार्क बने पश्चात पुन निर्माण हुन नसकेको अबस्थामा डिपिआर तयार भईसकेको र टेन्डर प्रकृयामा गईसकेको र इटहरी बसपार्क १३ करोड बढि लगानीमा पुन निर्माण प्रकृया अघि बढ्ने अन्तिम चरणमा रहेको छ ।क

इटहरी हटिया परीसरमा २५ करोडको लगानिमा कोल्ड स्टोर निर्माण भईरहेको छ। भने सो क्षेत्रलाई आधुनिक स्तरको कृषि बजार बनाउने र हप्तै भरी लाग्ने बजारको रुपमा बिकास गर्ने कार्यमा लागि परेका छौ । इटहरी ९ मै पर्ने इटहरी रंगशालालाई पनि क्षेत्रिय स्तरको रंगशाला को रुपमा विकास गरेर लैजाने र रंगशालामा भित्रिने र बाहिरिने एउटा मात्रै गेट रहेको र अन्य बिकल्प खोजि गर्नेछौ ।

यो सगै डिभिएम स्कुलको ग्राउन्डमा अघिल्लो सरकारले जनता पार्क प्रस्ताव गरेको तर खेल प्रेमी तथा खेलाडीहरुले खेल मैदानको रुपमा राख्नु पर्छ भन्ने प्रस्तावहरु ल्याईरहेकाले सो क्षेत्रमा पार्क निर्माण गर्ने या खेलमैदानको रुपमा अघि बढाउने सरोकारवाला सँग छलफल भईरहेको वडाध्यक्ष थापा बताउँछन ।

इटहरी बजार भित्रबाट बग्ने टयाङ्गा खोला र बुढी खोला व्यवस्थापन संबन्धमा छलफल चलिरहेको छ । ट्याङ्र्गा खोलालाई करिडोरको रुपमा निर्माण गरेर , वाकिङ र साइक्लिङ्ग लेनको रुपमा स्थापित गरेर लिएर जानू पर्छ भन्ने बिषमा सरोकारवाला तथा विभिन्न संघ सस्थाहरु सगँ छलफल चलिरहेको र बजार भित्रको सौन्दर्यताको रुपमा बिकास गरेर लैजान सम्भाव्यता अध्यान भईरहेको वडा अध्यक्ष थापाले बताए ।

त्यस पश्चात ट्रयाङ्रगा खोला करिडोरको रुपमा निर्माण गर्ने प्रकृया सुरु हुने साथै बुढिखोलालाई करिडोरको रुपमा दुहवी सम्म निर्माण गर्ने बिषयमा केन्द्रीय सरकारले नै प्रकृया अघि बढाएको उनले बताए ।

322085483_846225023279055_7482350814698630824_n

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved